Skip to main content

Batauli News

Advertisement

चाडपर्वकै मुखमा चीनसँग जोडिएका तीन वटै व्यापारिक नाका बन्द

Advertisement

बटौली न्यूज

काठमाण्डौ । दशैँतिहार जस्ता मुख्य चाडपर्व नजिकिँदै गर्दा चीनसँगका तीन वटै व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ । लगातारको वर्षा, बाढी पहिरो र सडक तथा पुलमा भएको क्षतिका कारण तातोपानी, रसुवागढी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको हो । तीन वटै नाका एकपछि अर्को बन्द भएपछि दशैँका लागि चीनबाट ल्याइएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन् ।

सबैभन्दा पुरानो तातोपानी–खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो । भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाका भौतिक संरचनामा ठूलो क्षति पु¥याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको हो । तातोपानी र रसुवागढी बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्प बनेको मुस्ताङको कोरला नाका पनि पछिल्लो बाढीका कारण सडक सम्पर्कबाट विच्छेद भएको छ ।

व्यवसायीहरूका अनुसार दशैँलाई लक्षित गरेर ल्याइएका सामानमध्ये काठमाण्डौसम्म झण्डै २५ प्रतिशतमात्रै आइपुगेको छ । जसले गर्दा चाडपर्वको मुखमा महँगी बढ्ने चिन्ता आम उपभोक्तामा छ ।यसैबीच, सरकारले भने नेपाल–चीन सीमा नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहल थालेको छ । कोदारी–तातोपानी नाकाको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा उच्चस्तरीय नेपाली टोलीले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ । चिनियाँ पक्षसँगको छलफलमा नेपाली टोलीले सीमा नाकामा देखिएका अवरोध तत्काल हटाउन आग्रह गरेको छ । सरकारले तातोपानी नाकासहित चीनसँग जोडिएका व्यापारिक नाकालाई नियमित र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको ...
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...

यो पनि पढौँ

छुटाउनुभयो कि?