Skip to main content

Batauli News

Advertisement

Day: २०८३ आश्विन १३

रारा मसला उद्योग सञ्चालनमा भएको अवरोधप्रति बाणिज्य संघको आपत्ति

रारा मसला उद्योग सञ्चालनमा भएको अवरोधप्रति बाणिज्य संघको आपत्ति

बुटवल, १३ असोज । बुटवल उपमहानगरपालिका वडा नं. ११, सांग्रिलापथ सञ्चालित रारा मसला उद्योग सञ्चालनमा भएको अवरोधप्रति बुटवल उद्योग वाणिज्य संघले गम्भीर आपत्ति जनाएको छ । उद्योगसँग सम्बन्धित समस्या भए समाधानका लागि कानुनी र संस्थागत प्रक्रिया हुँदाहुँदै कानुन हातमा लिएर उद्योगी–व्यवसायीमाथि दबाब सिर्जना गर्ने गतिविधि स्वीकार्य नहुने संघले स्पष्ट पारेको छ । संघले मंगलबार विज्ञप्ती जारी गरि स्थानीय बासिन्दाको विरोध तथा उजुरीपछि उद्योगको उत्पादन बन्द भएको र नियमनकारी निकायबाट समेत एकतर्फी दबाब सिर्जना भएको विषयमा ध्यानाकर्षण जनाउँदै संघले उद्योग सञ्चालनका क्रममा देखिएका समस्या संवाद, सहकार्य र कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्ने बताएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०४६…
Read More
असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक : मौसम विभाग

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक : मौसम विभाग

काठमाडौं, १३ असोज । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको बताएको छ । महाशाखाले मंगलबार अपराहन्न सूचना जारी गर्दै भीषण वर्षासम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सर्वसाधारणले असोज १७ गतेदेखि भिषण वर्षा हुँदैछ भन्दै विभागमा सोधपुछ गरेको र त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ । महाशाखाले भनेको छ– ’हाल सर्वसाधारणबाट असोज १७ गतेदेखि ३ दिनका लागि भीषण वर्षा हुन्छ भनेर धेरै सोधपुछ भएको बारे यस बिभागको ध्यानआकर्षण भएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान…
Read More
ज्ञानपुञ्जका विद्यार्थीलाई दिइएको समाचार लेख्ने तालिम सकियो

ज्ञानपुञ्जका विद्यार्थीलाई दिइएको समाचार लेख्ने तालिम सकियो

बुटवल, १३ असोज । बुटवल उपमहानगरपालिका वडा न. १३ नहरपुर स्थित ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुलले विद्यार्थी लक्षित आधारभूत समाचार लेखन कार्यशाला मंगलबार सम्पन्न गरेको छ । विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई समाचार लेखन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले कार्यशाला गरेको हो । विद्यार्थीहरुलाई व्यवहारिक सिप र लेखनसिपको विकासका लागि आधारभूत समाचार लेखन कार्यशाला गरिएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो । उहाँले विद्यालयले पाठ्यक्रम मात्रै पढाएर नहुने भन्दै सृजनशिल विद्यार्थी उत्पादनका लागि कार्यशाला गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा विद्यार्थीकै सृजनशिलताका लागि भित्तेपत्रिका समेत प्रकाशन सुरु गरिएको छ । सोमबार र मंगलबार गरी दुईदिन सञ्चालन भएको कार्यशालाको पत्रकार…
Read More
चाडपर्वकै मुखमा चीनसँग जोडिएका तीन वटै व्यापारिक नाका बन्द

चाडपर्वकै मुखमा चीनसँग जोडिएका तीन वटै व्यापारिक नाका बन्द

काठमाण्डौ । दशैँतिहार जस्ता मुख्य चाडपर्व नजिकिँदै गर्दा चीनसँगका तीन वटै व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ । लगातारको वर्षा, बाढी पहिरो र सडक तथा पुलमा भएको क्षतिका कारण तातोपानी, रसुवागढी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको हो । तीन वटै नाका एकपछि अर्को बन्द भएपछि दशैँका लागि चीनबाट ल्याइएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन् । सबैभन्दा पुरानो तातोपानी–खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो । भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाका भौतिक संरचनामा ठूलो क्षति पु¥याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको हो । तातोपानी…
Read More