२०८३ आश्विन १३
२०८३ आश्विन १३
बुटवल, १३ असोज । बुटवल उपमहानगरपालिका वडा न. १३ नहरपुर स्थित ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुलले विद्यार्थी लक्षित आधारभूत समाचार लेखन कार्यशाला मंगलबार सम्पन्न गरेको छ । विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई समाचार लेखन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले कार्यशाला गरेको हो । विद्यार्थीहरुलाई व्यवहारिक सिप र लेखनसिपको विकासका लागि आधारभूत समाचार लेखन कार्यशाला गरिएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो । उहाँले विद्यालयले पाठ्यक्रम मात्रै पढाएर नहुने भन्दै सृजनशिल विद्यार्थी उत्पादनका लागि कार्यशाला गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा विद्यार्थीकै सृजनशिलताका लागि भित्तेपत्रिका समेत प्रकाशन सुरु गरिएको छ । सोमबार र मंगलबार गरी दुईदिन सञ्चालन भएको कार्यशालाको पत्रकार…
