२०८३ आश्विन १८
२०८३ आश्विन १८
काठमाण्डौ । दशैँ–तिहार, छठलगायतका मुख्य चाडपर्व नजिकिएसँगै काठमाण्डौ उपत्यकाबाट घर जानेक्रम शुरु भएको छ । चाडपर्व मनाउन काठमाण्डौ उपत्यका छोड्ने क्रम शुरु भएसँगै प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल हुन थालेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस वर्ष दशैँ–तिहारलगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट झण्डै ८ देखि १० लाख नागरिक बाहिरिने अनुमान छ । उहाँका अनुसार दशैँका लागि गाउँघर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढ्नेछ । यात्रुको चाप बढेसँगै उपत्यकाका प्रमुख बसपार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने तयारी गरिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौँलाले…
