Skip to main content

Batauli News

Advertisement
बुटवलमा नेक्स्टजेन एड्भेन्चर (१८ डी थिएटर) सञ्चालनमा आउँदै

बुटवलमा नेक्स्टजेन एड्भेन्चर (१८ डी थिएटर) सञ्चालनमा आउँदै

बुटवल, १७ असोज । बुटवलमा नयाँ मनोरञ्जन गन्तव्यको रुपमा नेक्स्टजेन एड्भेन्चर इन्टरटेनमेन्ट सञ्चालनमा आउने भएको छ । शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै सञ्चालक प्रकाश भुसाल र कार्यकारी प्रमुख दीपक ढकालले छिट्टै बुटवलमा अत्याधुनिक सुविधासहितको इन्टरटेनमेन्ट हब सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । “बुटवललाई लक्षित गरेर युवा पुस्ताका लागि नयाँ एड्भेन्चर र मनोरञ्जनको अनुभव दिने उदेश्यले नेक्स्टजेन संचालनमा ल्याउन लागेको सञ्चालक भुसालले बताउनुभयो । उहाँले बुटवलमा रहेको पुरानो डेल्टा परिषरमा संचालनमा आउन थालेको नेक्स्टजेन एड्भेन्चर ढकाल र भुसाल सहित सुदीप काफ्ले र सिद्धार्थ विक्रम थापाले संचालनमा ल्याउन लाग्नु भएको हो । त्यस्तै, मिरर मेज अर्थात् भुलभुलैयामा ऐनै–ऐनाले बनेको संरचनाभित्र प्रवेश गरी…
Read More
कांग्रेसले १५औँ महाधिवेशन आइतबारदेखि सुरु हुँदै

कांग्रेसले १५औँ महाधिवेशन आइतबारदेखि सुरु हुँदै

काठमाण्डाै । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको छ । महाधिवेशनस्थलमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको हो । चालिसेका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यस पटक पूर्वसभापति शेरबहादुर देउवामार्फत गराउने प्रयास गरिएको छ । तर देउवा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्ने उहाँले बताउनुभयो । महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनुभयो । सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेताभन्दा नीति चयनको अधिवेशन बनाउनमा जोड दिने…
Read More
दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु

दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु

 परासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेर दुर्घटना भएको हो । बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा छ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी…
Read More
एन प्याब्सनको जुनियर तथा सिनियर तहको निबन्ध लेखन प्रतियोगिता सम्पन्न

एन प्याब्सनको जुनियर तथा सिनियर तहको निबन्ध लेखन प्रतियोगिता सम्पन्न

बुटवल, १५ असोज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देहीले जुनियर तथा सिनियर तहको निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा लेखन क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एन प्याब्सन रुपन्देहीले जनाएको छ । एन प्याब्सनअन्तर्गतका विभिन्न विद्यालयमा अध्ययनरत जुनियर तथा सिनियर तहका विद्यार्थीहरूको प्रतियोगितामा सहभागिता रहेको थियो । प्रतियोगिताको सिनियरतर्फ श्री प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलकी तारा गलामी मगर प्रथम भएकी छन् । त्यसैगरी, सुंगाभा पब्लिक सेकेन्डरी स्कुलकी गरिमा ज्ञवाली द्वितीय, कोलिया इङ्लिस बोर्डिङ स्कुलकी अलिसा सिंजाली तृतीय तथा सगरमाथा आवासीय माध्यमिक विद्यालय, देवदहका शुभोद पाठकले प्रोत्साहन पुरस्कार प्राप्त गरेका…
Read More
रुपन्देहीमा चिया ब्यवसायी संघ गठन

रुपन्देहीमा चिया ब्यवसायी संघ गठन

बुटवल, १४ असोज । रुपन्देहीको बुटवल र तिलोत्तमा नगरपालिका आसपास छरिएर रहेका चिया ब्यवसायीहरुको भेलाले चिया ब्यवसायी संघ रुपन्देहीको तदर्थ समिति गठन गरेको छ । सामाजिक उत्तरदायित्व बहन तथा चिया ब्यवसायीहरुको हकहित र ब्यवसायिक एकताकालागि संगठन दर्ता गरिएको बताइएको छ । नव गठित तदर्श समितिको अध्यक्षमा नरेश पाण्डे, उपाध्यक्षमा कमल सापकोटा, सचिवमा निर्दाेश न्यौपाने, सहसचिवमा निराजन पोखरेल र कोषाध्यक्षमा सुरज श्रेष्ठ चुनिनु भएको संचारकर्मी सुमन श्रेष्ठले जानकारी दिनुभयो । समितिको सदस्यमा भरत पौडेल, भरत पाण्डे, विशाल देवकोटा, अंकित तिवारी र चिरन क्षेत्री रहनु भएको छ । समितिले सामाजिक उत्तरदायित्वका कार्यक्रमसँगै ब्यवसायिक एकताका विषयमा काम गर्ने नवनिर्वाचिन अध्यक्ष नरेश पाण्डेले बताउनुभयो…
Read More
लुम्बिनीमा विपद्का घटनाबाट एक हजार दुईसय असि जना विस्थापित

लुम्बिनीमा विपद्का घटनाबाट एक हजार दुईसय असि जना विस्थापित

लुम्बिनी, १४ असोज । लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा भएका विपत्का घटनाबाट एक हजार २८० जना विस्थापित भएका छन् । चार दिनका घटनामा प्रदेशका विभिन्न जिल्लामा भएका ७८ वटा विपत्का घटनाबाट छ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपत्का कारण प्रदेशभर २७ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५६ वटा घरमा आंशिक क्षति पुगेको छ । त्यसै गरी १६ वटा घर डुबानमा परेका छन् भने १७० वटा घर जोखिममा रहेका छन् । उक्त अवधिमा विपत्का कारण अनुमानित ४० लाख रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको छ । विपत्का कारण सबैभन्दा बढी जनधनको क्षति पहिरो र…
Read More
रारा मसला उद्योग सञ्चालनमा भएको अवरोधप्रति बाणिज्य संघको आपत्ति

रारा मसला उद्योग सञ्चालनमा भएको अवरोधप्रति बाणिज्य संघको आपत्ति

बुटवल, १३ असोज । बुटवल उपमहानगरपालिका वडा नं. ११, सांग्रिलापथ सञ्चालित रारा मसला उद्योग सञ्चालनमा भएको अवरोधप्रति बुटवल उद्योग वाणिज्य संघले गम्भीर आपत्ति जनाएको छ । उद्योगसँग सम्बन्धित समस्या भए समाधानका लागि कानुनी र संस्थागत प्रक्रिया हुँदाहुँदै कानुन हातमा लिएर उद्योगी–व्यवसायीमाथि दबाब सिर्जना गर्ने गतिविधि स्वीकार्य नहुने संघले स्पष्ट पारेको छ । संघले मंगलबार विज्ञप्ती जारी गरि स्थानीय बासिन्दाको विरोध तथा उजुरीपछि उद्योगको उत्पादन बन्द भएको र नियमनकारी निकायबाट समेत एकतर्फी दबाब सिर्जना भएको विषयमा ध्यानाकर्षण जनाउँदै संघले उद्योग सञ्चालनका क्रममा देखिएका समस्या संवाद, सहकार्य र कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्ने बताएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०४६…
Read More
असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक : मौसम विभाग

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक : मौसम विभाग

काठमाडौं, १३ असोज । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखि तीन दिन भीषण वर्षा हुने भनेर फैलाइएको हल्ला भ्रामक रहेको बताएको छ । महाशाखाले मंगलबार अपराहन्न सूचना जारी गर्दै भीषण वर्षासम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । सर्वसाधारणले असोज १७ गतेदेखि भिषण वर्षा हुँदैछ भन्दै विभागमा सोधपुछ गरेको र त्यसप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ । महाशाखाले भनेको छ– ’हाल सर्वसाधारणबाट असोज १७ गतेदेखि ३ दिनका लागि भीषण वर्षा हुन्छ भनेर धेरै सोधपुछ भएको बारे यस बिभागको ध्यानआकर्षण भएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान…
Read More
ज्ञानपुञ्जका विद्यार्थीलाई दिइएको समाचार लेख्ने तालिम सकियो

ज्ञानपुञ्जका विद्यार्थीलाई दिइएको समाचार लेख्ने तालिम सकियो

बुटवल, १३ असोज । बुटवल उपमहानगरपालिका वडा न. १३ नहरपुर स्थित ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुलले विद्यार्थी लक्षित आधारभूत समाचार लेखन कार्यशाला मंगलबार सम्पन्न गरेको छ । विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई समाचार लेखन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले कार्यशाला गरेको हो । विद्यार्थीहरुलाई व्यवहारिक सिप र लेखनसिपको विकासका लागि आधारभूत समाचार लेखन कार्यशाला गरिएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो । उहाँले विद्यालयले पाठ्यक्रम मात्रै पढाएर नहुने भन्दै सृजनशिल विद्यार्थी उत्पादनका लागि कार्यशाला गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा विद्यार्थीकै सृजनशिलताका लागि भित्तेपत्रिका समेत प्रकाशन सुरु गरिएको छ । सोमबार र मंगलबार गरी दुईदिन सञ्चालन भएको कार्यशालाको पत्रकार…
Read More
चाडपर्वकै मुखमा चीनसँग जोडिएका तीन वटै व्यापारिक नाका बन्द

चाडपर्वकै मुखमा चीनसँग जोडिएका तीन वटै व्यापारिक नाका बन्द

काठमाण्डौ । दशैँतिहार जस्ता मुख्य चाडपर्व नजिकिँदै गर्दा चीनसँगका तीन वटै व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ । लगातारको वर्षा, बाढी पहिरो र सडक तथा पुलमा भएको क्षतिका कारण तातोपानी, रसुवागढी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको हो । तीन वटै नाका एकपछि अर्को बन्द भएपछि दशैँका लागि चीनबाट ल्याइएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन् । सबैभन्दा पुरानो तातोपानी–खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो । भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाका भौतिक संरचनामा ठूलो क्षति पु¥याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको हो । तातोपानी…
Read More