२०८३ आश्विन ९
२०८३ आश्विन ९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहबाट संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार भएको सम्बोधन जलवायु परिवर्तनबाट बढ्दो जोखिमलाई विश्व समुदाय समक्ष गहकिलो ढङ्गले प्रस्तुत भएको परराष्ट्र मामिलाका विज्ञहरूको प्रतिक्रिया रहेको छ । प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली विपद्लाई नेपालमा मात्र सीमित घटना नभई विश्वका लागि जलवायु सङ्कटको चेतावनीका रूपमा प्रस्तुत गर्नुले नेपालले भोगेको तत्कालको समस्या उजगार हुन सफल भएको उहाँहरुको भनाइ छ । प्रधानमन्त्री शाहले नेपालले भोगिरहेको असरलाई ‘हिमाली सुनामी’ का रुपमा चिह्न थालिएको विषय पनि उठाउनुभएको थियो । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनासकारी बाढीका कारण नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको विषय महासभामा ‘इमिडियट रिफ्लेक्ट’ भएकाले समग्रमा प्रधानमन्त्री शाहको…
