२०८३ आश्विन १४
२०८३ आश्विन १४
लुम्बिनी, १४ असोज । लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा भएका विपत्का घटनाबाट एक हजार २८० जना विस्थापित भएका छन् । चार दिनका घटनामा प्रदेशका विभिन्न जिल्लामा भएका ७८ वटा विपत्का घटनाबाट छ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपत्का कारण प्रदेशभर २७ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५६ वटा घरमा आंशिक क्षति पुगेको छ । त्यसै गरी १६ वटा घर डुबानमा परेका छन् भने १७० वटा घर जोखिममा रहेका छन् । उक्त अवधिमा विपत्का कारण अनुमानित ४० लाख रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको छ । विपत्का कारण सबैभन्दा बढी जनधनको क्षति पहिरो र…
