Skip to main content

Batauli News

Advertisement
ज्ञानपुञ्जका विद्यार्थीलाई दिइएको समाचार लेख्ने तालिम सकियो

ज्ञानपुञ्जका विद्यार्थीलाई दिइएको समाचार लेख्ने तालिम सकियो

बुटवल, १३ असोज । बुटवल उपमहानगरपालिका वडा न. १३ नहरपुर स्थित ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुलले विद्यार्थी लक्षित आधारभूत समाचार लेखन कार्यशाला मंगलबार सम्पन्न गरेको छ । विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई समाचार लेखन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले कार्यशाला गरेको हो । विद्यार्थीहरुलाई व्यवहारिक सिप र लेखनसिपको विकासका लागि आधारभूत समाचार लेखन कार्यशाला गरिएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो । उहाँले विद्यालयले पाठ्यक्रम मात्रै पढाएर नहुने भन्दै सृजनशिल विद्यार्थी उत्पादनका लागि कार्यशाला गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा विद्यार्थीकै सृजनशिलताका लागि भित्तेपत्रिका समेत प्रकाशन सुरु गरिएको छ । सोमबार र मंगलबार गरी दुईदिन सञ्चालन भएको कार्यशालाको पत्रकार…
Read More
चाडपर्वकै मुखमा चीनसँग जोडिएका तीन वटै व्यापारिक नाका बन्द

चाडपर्वकै मुखमा चीनसँग जोडिएका तीन वटै व्यापारिक नाका बन्द

काठमाण्डौ । दशैँतिहार जस्ता मुख्य चाडपर्व नजिकिँदै गर्दा चीनसँगका तीन वटै व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ । लगातारको वर्षा, बाढी पहिरो र सडक तथा पुलमा भएको क्षतिका कारण तातोपानी, रसुवागढी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको हो । तीन वटै नाका एकपछि अर्को बन्द भएपछि दशैँका लागि चीनबाट ल्याइएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन् । सबैभन्दा पुरानो तातोपानी–खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो । भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाका भौतिक संरचनामा ठूलो क्षति पु¥याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको हो । तातोपानी…
Read More
विपत्त र संकटको वेलामा धैर्य,संयम र एकता जरुरी छ: प्रधानमन्त्री

विपत्त र संकटको वेलामा धैर्य,संयम र एकता जरुरी छ: प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री बालेन्द्र शाहले विपत्तको वेलामा सबै संयम भएर लाग्नु पर्ने बताउनु भएको छ । उहाँले फेशवुक मार्फत विपत्त र संकटको वेलामा धैर्य, संयम र एकताका साथ अगाडी बढ्नुको विकल्प नभएको पनि बताउनु भएको छ । उहाँले यस्तो वेलामा नागरिक सबै एक आपसमा मिलेर विपत्तको सामना गर्नु पर्ने उल्लेख गर्दै विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने वा कालोबजारीमा संलग्न हुनेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको पनि बताउनु भएको छ । उहाँले भन्नुभएको छ ‘‘हाम्रो अगाडि खतरा अझै टरेको छैन, जोखिम कायमै छ । त्यसैले नदी तटीय क्षेत्र तथा पहाडी क्षेत्रमा बस्नुहुने र यात्रा गर्नुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ…
Read More
जिल्ला सहकारी संघको अध्यक्षमा राजनकुमार आचार्य सर्वसम्मत चयन

जिल्ला सहकारी संघको अध्यक्षमा राजनकुमार आचार्य सर्वसम्मत चयन

बुटवल । जिल्ला सहकारी संघ लिमिटेड पश्चिम नवलपरासीको अध्यक्षमा राजनकुमार आचार्य निर्वाचित हुनु भएको छ । सामाजिक कार्यमा सक्रिय रहदै आउनु भएका आचार्य सहकारी संघको नयाँ सञ्चालक समितिमा सर्वसम्मत चयन हुनु भएको हो । एक बर्ष कार्यकाल अगाबै संघका अध्यक्ष विष्णुप्रसाद पौडेलले पदबाट राजिनामा दिएपछि ४५ औं बार्षिक साधारण सभाकै अवसरमा संघको निर्वाचन गरिएको थियो । सोही निर्वाचनबाट आचार्यले सहकारी संघको नेतृत्व सम्हाल्ने मौका पाउनु भएको हो । उहाँले संघको नेतृत्व सम्हाल्दै संघलाई पारदर्शी र क्रियाशिल बनाउने बताउनुभयो । उहाँले संस्थालाई अघिल्लो कार्यसमितिले गरेका कामलाई निरन्तरता दिदैँ अझै उदाहरणीय संस्थाका रुपमा स्थापित गर्ने बताउनुभयो । जिल्ला बचत तजा ऋण सहकारी…
Read More
पश्चिम नेपालमा आइतबारसम्म वर्षा कायमै रहने

पश्चिम नेपालमा आइतबारसम्म वर्षा कायमै रहने

काठमाण्डौ, १० असोज । बंगालको खाडीमा उत्पन्न न्यून चापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने आइतबारसम्म कायमै रहने भएको छ । मौसम विज्ञान विभागका अनुसार, विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा आज दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ । लगातार तीन दिनदेखिको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति पु¥याएको छ भने एक जनाको ज्यान गएको छ । लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ मा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको ज्यान गएको छ । नारायणी नदीको बाढी पसेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ जलमग्न…
Read More
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाण्डौ, १० असोज । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी भई शनिबार स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गर्नुभएको थियो ।प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन यही असोज ६ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको थियो । उहाँ नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत हुनुहुन्थ्यो । यसैबीच, प्रधानमन्त्री शाह भन्दाअघि नै न्युयोर्क प्रस्थान गर्नुभएका परराष्ट्रमन्त्री खनाल भने राष्ट्रसङ्घीय महासभाअन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी भइरहनुभएको परराष्ट्रमन्त्रीको सचिवालयले…
Read More
युवा अभियानमा सक्रिय आयुशाले काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने

युवा अभियानमा सक्रिय आयुशाले काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने

रुपन्देही । प्रदेश युवा परिषद् सदस्य हुँदै राष्ट्रिय युवा परिषद् सदस्यको जिम्मेवारी सम्हालेकी २८ वर्षीया आयुषा कँडेल (टिका) नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेकी छन्। उनी रुपन्देही क्षेत्र नं. १ बाट युवा महिला महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार बनेकी हुन्। युवा नीति, नेतृत्व विकास, महिला सशक्तीकरण, उद्यमशीलता तथा सामाजिक सरोकारका विषयमा सक्रिय रहँदै आएकी कँडेलले आफ्नो राजनीतिक यात्रालाई युवाको सहभागिता र महिलाको नेतृत्वसँग जोड्दै आएकी छन्। कोरोना महामारीका साथै भोटेकोशी बाढी, बाढी–पहिरो तथा भूकम्पजस्ता विपद्का समयमा युवाको भूमिका र सामाजिक सहयोगका विषयमा सक्रिय रहँदै आएकी कँडेलले विपद् व्यवस्थापनमा युवाको सहभागिता अझ प्रभावकारी बनाउनुपर्ने बताउँदै आएकी छन्। न्याय, महिला अधिकार, सामाजिक…
Read More
शनिवार र आइतवार पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

शनिवार र आइतवार पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

काठमाण्डौ । शनिवार र आइतवार दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्नेछ । विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढी हुने देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । । पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ । आइतवार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमो प्रभाव कायम रहनेछ । असोज १२ गते सोमवारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज १३ गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ । निरन्तर पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यान दिई…
Read More
जलवायु–जोखिम र न्यायकालागि प्रधानमन्त्रीद्वारा विश्व मञ्चमा ध्यानाकर्षण

जलवायु–जोखिम र न्यायकालागि प्रधानमन्त्रीद्वारा विश्व मञ्चमा ध्यानाकर्षण

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहबाट संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार भएको सम्बोधन जलवायु परिवर्तनबाट बढ्दो जोखिमलाई विश्व समुदाय समक्ष गहकिलो ढङ्गले प्रस्तुत भएको परराष्ट्र मामिलाका विज्ञहरूको प्रतिक्रिया रहेको छ । प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली विपद्लाई नेपालमा मात्र सीमित घटना नभई विश्वका लागि जलवायु सङ्कटको चेतावनीका रूपमा प्रस्तुत गर्नुले नेपालले भोगेको तत्कालको समस्या उजगार हुन सफल भएको उहाँहरुको भनाइ छ । प्रधानमन्त्री शाहले नेपालले भोगिरहेको असरलाई ‘हिमाली सुनामी’ का रुपमा चिह्न थालिएको विषय पनि उठाउनुभएको थियो । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनासकारी बाढीका कारण नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको विषय महासभामा ‘इमिडियट रिफ्लेक्ट’ भएकाले समग्रमा प्रधानमन्त्री शाहको…
Read More
बुटवल हस्पिटलमा विपद् पूर्वतयारीकालागि डिजास्टर म्यानेजमेन्ट कमिटी गठन

बुटवल हस्पिटलमा विपद् पूर्वतयारीकालागि डिजास्टर म्यानेजमेन्ट कमिटी गठन

बुटवल। बुटवल हस्पिटल प्रा.लि.ले सम्भावित विपद्का समयमा प्रभावकारी स्वास्थ्य सेवा तथा आकस्मिक व्यवस्थापन सुनिश्चित गर्ने उद्देश्यले डिजास्टर म्यानेजमेन्ट कमिटी गठन गरेको छ। बुटवल हस्पिटल प्रा.लि का मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनालको नेतृत्वमा गठन गरिएको समितिमा अस्पतालका विभिन्न विभागका प्रमुख तथा सम्बन्धित शाखाका जिम्मेवार पदाधिकारीहरूलाई समेटिएको छ। प्रा.लि का मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनालको नेतृत्वमा गठन गरिएको समितिमा अस्पतालका विभिन्न विभागका प्रमुख तथा सम्बन्धित शाखाका जिम्मेवार पदाधिकारीहरूलाई समेटिएको छ। अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विपद्को समयमा अस्पतालको सेवा निरन्तरता, आकस्मिक बिरामी व्यवस्थापन, जनशक्ति परिचालन, बेड तथा भौतिक स्रोतको व्यवस्थापन, आपत्कालीन सञ्चार प्रणाली तथा विभागहरूबीचको समन्वयलगायतका…
Read More