२०८३ आश्विन १३
२०८३ आश्विन १३
काठमाण्डौ । दशैँतिहार जस्ता मुख्य चाडपर्व नजिकिँदै गर्दा चीनसँगका तीन वटै व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ । लगातारको वर्षा, बाढी पहिरो र सडक तथा पुलमा भएको क्षतिका कारण तातोपानी, रसुवागढी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको हो । तीन वटै नाका एकपछि अर्को बन्द भएपछि दशैँका लागि चीनबाट ल्याइएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन् । सबैभन्दा पुरानो तातोपानी–खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो । भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाका भौतिक संरचनामा ठूलो क्षति पु¥याएपछि त्यहाँबाट हुने व्यापार पनि रोकिएको हो । तातोपानी…
