Skip to main content

Batauli News

Advertisement
झबिन्द्र देवकोटा

झबिन्द्र देवकोटा

45 Posts
इन्टलेक्चुअल एकेडेमीद्वारा प्रधानमन्त्री राहत कोषमा एकलाख एक हजार सहयोग

इन्टलेक्चुअल एकेडेमीद्वारा प्रधानमन्त्री राहत कोषमा एकलाख एक हजार सहयोग

बुटवल । इन्टलेक्चुअल एकेडेमी बुटवलले प्रधानमन्त्री राहत कोषमा एकलाख एक हजार एकसय ११ रुयैया सहयोग गरेको छ । भोटेकोसी बाढीबाट प्रभावित भएकाहरुकालागि केही भएतापनि राहत होस भनेर इन्टलेक्चुअल एकेडेमीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम सहयोग गरेको कार्यकारी निर्देशक रामराज पोखरेलले बताउनुभयो । उहाँले प्याब्सन नेपालको सर्कलर अनुसार यो विपत्तको अवस्थामा केही भएतापनि राहत होस भनेर प्रधानमन्त्री राहत कोषमा विद्यालय परिवारकोतर्फदेखि उक्त रकम जम्मान गरेको बताउनुभयो । उहाँले सोही अवसरका घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्नु भएको छ ।
Read More
सजिलो सहकारीले गर्याे प्रधानमन्त्री राहत कोषमा एक लाख एक हजार सहयोग

सजिलो सहकारीले गर्याे प्रधानमन्त्री राहत कोषमा एक लाख एक हजार सहयोग

बुटवल । बुटवलमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री राहत कोषमा एक लाख एक हजार ११ रुपैया सहयोग गरेको छ । भोटेकोसी बाढीबाट प्रभावित भएकाहरुकालागि केही भएतापनि राहत होस भनेर सहकारीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम सहयोग गरेको अध्यक्ष रामराज पोखरेलले बताउनुभयो । उहाँले यो विपत्तको अवस्थामा केही भएतापनि राहत होस भनेर प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मान गरेको बताउनुभयो । उहाँले सोही अवसरका घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्नु भएको छ ।
Read More
क्यामबृज मन्टेश्स्वरीद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ हजार सहयोग

क्यामबृज मन्टेश्स्वरीद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ हजार सहयोग

बुटवल । तिलोत्तमा योगिकुटीमा रहेको क्यामबृज मन्टेश्स्वरीले भोटेकोशी बाढी प्रभावितहरुलाई राहत पुगोस् भनेर  प्रधानमन्त्री राहत  कोषमा ५१ हजार  सहयोग गरेको छ । रसुवा भोटेकोशी  बाढीले ठुलो जनधनको क्षति पुर्याएको भन्दै थोरै भएपनि विद्यालय परिवारकोतर्फदेखि सहयोग गरिएको प्रिन्सिपल रमेश न्यौपानेले बताउनुभयो । बाढीका कारण धेरै मानिसले ज्यान गुमाउनु परेको र कयौ विस्तापित सँगै धेरै घाइते भएको यस विशम परिस्थितीमा थोरै भएपनि तिनीहरुलाई सहयोग पुगोस भनेर सहयोग गरेको बताउनुभयो । यो विपत्तीमा परि घाइते हुनु भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाउनु भएकाहरुलाई श्रद्धान्जली अर्पण गर्दै परिवार र घरबार गुमाएकाहरुलाई उहाँले समवेदना प्रकट गर्नु भएको छ ।
Read More
उद्धार, राहत र पनस्र्थापनाकालागि  तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने

उद्धार, राहत र पनस्र्थापनाकालागि तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने

काठमाण्डौ, १६ भदौ । भदौ १० गते बुधवार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ । मंगलबार सिहंदरबारमा बसेको सर्वदलीय बैठकले प्रदेश र पालिकामा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरी राहत तथा उद्धारमा परिचालन गर्ने निर्णय भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले जानकारी दिनुभयो । पुनका अनुसार बैठकले विपद्का बेला दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत दोहो¥याएको छ ।उहाँले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अपनाए पनि पीडितसम्म राहत पुग्न नसकेको भन्दै पालिकासँग पर्याप्त समन्वय गर्नुपर्नेमा…
Read More
रसुवा बाढी : ज्यान गुमाउनेको सङ्ख्या १००३ पुग्यो, ३ हजार ९१६ जना अझै सम्पर्कविहीन

रसुवा बाढी : ज्यान गुमाउनेको सङ्ख्या १००३ पुग्यो, ३ हजार ९१६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ, १६ भदौ । एक हप्ताअघि गएको १० गते बुधवार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये मंगलबार साँझ यो समाचार तयार पार्दासम्म १००३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसोसम्म ८ वटा जिल्लामा यी शव भेटिएका हुन् ।
Read More
स्कलर्सहोम माविद्वारा प्रधानमन्त्री राहत कोषमा दुईलाख एकहजार सहयोग

स्कलर्सहोम माविद्वारा प्रधानमन्त्री राहत कोषमा दुईलाख एकहजार सहयोग

बुटवल, १६ भदौ । भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका  लागि बुटवलको  स्कलर्स होम माध्यमिक  विद्यालयले २  लाख  १ हजार १११  रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपद्को कठिन घडीमा पीडित परिवारहरूको राहत तथा उद्धार कार्यमा केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा सम्पूर्ण विद्यालय परिवारको सक्रिय सहभागितामा उक्त रकम सहयोग गरिएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले जानकारी दिनुभयो ।    विद्यालयले गरेको  सानो सहयोगले पीडितहरूको  जीवनमा केही आशा र राहत थप्न सकोस् भन्ने  उल्लेख गर्दै प्राचार्य बन्जाडेले अझै थप    राहत रकम प्रदान  गर्ने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयो । विद्यालयले बाढीमा परी दिवंगत…
Read More
आम्दा अस्पतालद्वारा प्रधानमन्त्री राहत कोषमा साढे तीन लाख सहयोग

आम्दा अस्पतालद्वारा प्रधानमन्त्री राहत कोषमा साढे तीन लाख सहयोग

बुटवल ।आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल परिवार बुटवलद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साढे तीन लाख रुपैया सहयोग गरेको छ । बाढी प्रभावितलाई सहयोग स्वरूप अस्पतालको कोषबाट २ लाख रुपैयाँ तथा अस्पतालका कर्मचारीहरूको एक दिन बराबरको तलव पारिश्रमिक       बापत २ लाख ५० हजार ७८४ रुपैयाँ गरी कुल ३ लाख ५० हजार ७८४ रुपैयाँ आम्दा नेपालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको अस्पतालले जनाएको छ । त्यस्तै, बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार   सेवा प्रदान गर्न चिकित्सकसहित   पाँच सदस्यीय स्वास्थ्य    टोली पनि तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको समन्वयमा सम्बन्धित…
Read More
जस्मिन पेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग

जस्मिन पेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग

काठमाडौँ । रसुवा बाढी पीडितका लागि जस्मिन पेन्ट्सले २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ । पेन्ट्सले राहत तथा उद्धार कार्यका लागि कोषमा सहयोग गरेको हो । पेन्ट्सका तर्फबाट प्रबन्ध निर्देशक लक्ष्मण अर्याल र कार्यकारी अधिकृत सौगात अर्यालले अर्थ मन्त्रालयमा        गएर उत्त सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । प्रधानमन्त्री राहत कोषमा अहिले  विभिन्न संघसंस्था र व्यक्तिहरूले  बाढी   पीडितको राहतका लागि रकम जम्मा गरिरहेको छ । जस्मिन पेन्ट्सले यस अघि पनि विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्ने कार्य गर्दै आएको बताएको छ । रसुवा भोटेकोशी बाढीले पुर्याएको क्षति प्रति पेन्ट्स परिवार मर्माहत भएको उल्लेख गर्दै प्रवन्ध…
Read More
समृद्धि सलुनद्वारा एक लाख एघारहजार प्रधानमन्त्री राहत कोषमा सहयोग

समृद्धि सलुनद्वारा एक लाख एघारहजार प्रधानमन्त्री राहत कोषमा सहयोग

बुटवल । भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको राहतका लागि  बुटवल अमरपथमा   रहेको समृद्धि युनिसेक्स सलुनले एक लाख एघार हजार एक सय एघार रुपैयाँ   प्रधानमन्त्री दैवी प्रकोप  राहत कोषमा सहयोग गरेको छ । समृद्धिका संचालक मोहन ठाकुरले यो पिडाको समयमा थोरै भएतापनि सहयोग होस भनेर प्रधानमन्त्री कोषमा सानो सहयोग गरेको बताउनुभयो । उहाँले यो विपत्तको   वेला सबैले मिलेर   थोरै थोरै सहयोग गर्नु   पर्ने बताँउदै सानो  सहयोगले राहतको पर्खाइमा भएकाहरुलाई मर्हम हुने   विश्वास  ब्यक्त गर्नुभयो ।  उहाँले  बाढीका कारण घर   बहार बिहीन भएका र परिवारबाट विछडीएका परिवारलाई सहानुभतीसँगै सम्हालीने शक्ति मिलोस भनि कामना गर्नु भएको छ । ‘‘भोटेकोशी बाढीमा परि मृत्यु भएकाप्रति हार्दिक…
Read More
भोटेकोशी बाढी : ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुग्यो

भोटेकोशी बाढी : ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुग्यो

रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ८८ पुगेको छ ।नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५० जना, गोरखामा ५८ जना, नुवाकोटमा ५२ जना, चितवनमा २६४ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्चिममा १२० जनाको शव फेला परेको छ । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म २५ सय दुई जना सम्पर्कविहीन छन् । नेपाल प्रहरी २५ जना, नेपाल सेना ४५ जना, सशस्त्र प्रहरी बल नेपाल १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना, रसुवामा ५६२ जना, नुवाकोटमा ११५ जना, जलविद्युत आयोजनाबाट ९३३ जना, मकवानपुरबाट ६५ जना, विदेशी…
Read More