बुटवल । बुटवलमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री राहत कोषमा एक लाख एक हजार ११ रुपैया सहयोग गरेको छ । भोटेकोसी बाढीबाट प्रभावित भएकाहरुकालागि केही भएतापनि राहत होस भनेर सहकारीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम सहयोग गरेको अध्यक्ष रामराज पोखरेलले बताउनुभयो । उहाँले यो विपत्तको अवस्थामा केही भएतापनि राहत होस भनेर प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मान गरेको बताउनुभयो । उहाँले सोही अवसरका घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्नु भएको छ ।



