२०८३ भाद्र १६
२०८३ भाद्र १६
बुटवल । तिलोत्तमा योगिकुटीमा रहेको क्यामबृज मन्टेश्स्वरीले भोटेकोशी बाढी प्रभावितहरुलाई राहत पुगोस् भनेर प्रधानमन्त्री राहत कोषमा ५१ हजार सहयोग गरेको छ । रसुवा भोटेकोशी बाढीले ठुलो जनधनको क्षति पुर्याएको भन्दै थोरै भएपनि विद्यालय परिवारकोतर्फदेखि सहयोग गरिएको प्रिन्सिपल रमेश न्यौपानेले बताउनुभयो । बाढीका कारण धेरै मानिसले ज्यान गुमाउनु परेको र कयौ विस्तापित सँगै धेरै घाइते भएको यस विशम परिस्थितीमा थोरै भएपनि तिनीहरुलाई सहयोग पुगोस भनेर सहयोग गरेको बताउनुभयो । यो विपत्तीमा परि घाइते हुनु भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाउनु भएकाहरुलाई श्रद्धान्जली अर्पण गर्दै परिवार र घरबार गुमाएकाहरुलाई उहाँले समवेदना प्रकट गर्नु भएको छ ।
