Skip to main content

Batauli News

Advertisement

Blog

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।आज (मङ्गलबार) मङ्सिर १७ गते बिहान करिब ८ः११ बजेतिर फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाका बेला फिस्टेल एयरको हेलिकप्टरमा चालक दलका सदस्यसहित तीन जना सवार थिए । दुर्घटनामा भारतको तमिलनाडु राज्यस्थित चेन्नई निवासी अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्लास्थित बिसुगार्ड ल्याइएको छ ।दुर्घटनामा घाइते हुनेमा न्युजिल्यान्ड निवासी अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति…
Read More
बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र छठ पर्वलाई लक्ष्यीत गरेर आयोजना गरिएको मेलामा टिभिएसले जुनसुकै मोटरसाईकलको एक्सचेन्जमा अचम्मैको अफर ल्याएको हो । टिभिएसले यो चार्ड पर्वमा टिभिएसको गोल्डेन कि तपाईको हातमा अफर ल्याएको हो । महाएक्सचेन्ज मेला सय प्रतिशत क्यासब्याक, गोल्डेन कि, दश लाख उपहार पाउने योजनालाई ल्याएको बालाजी अटो मोवाईल्स बुटवलले जानकारी दिएको छ । एक्सचेन्ज मेलामा जानेहरुलाई पाँच वर्षको फ्रिसर्भिस, नागरिकता र लाईसेन्सको भरमा फटाफट फाईनान्स लगायतका योजनाहरु अगाडी सारेको कम्पनीले जनाएको छ । बुटवलको भाटभटेनीमा कार्तिक १५ देखि २२ गतेसम्म चल्ने महाएक्सचेन्ज मेलामा टिभिएसका…
Read More
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समिति र युवा समितिको आयोजनामा भएको कार्यक्रममा कसौधन सेवा समिति, कसौधन महिला समिति र युवा समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै कसौधन समुदायबीचको एकता, सद्भाव र भाइचारालाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। कसौधन सेवा समितिका अध्यक्ष राधेश्याम कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा सेवा समितिका संरक्षक जवाहरलाल कसौधन, पूर्वअध्यक्ष अशोक कुमार कसौधन, कोषाध्यक्ष विजय कसौधन, महिला समितिकी संस्थापक पुस्पा कसौधन, पुर्व अध्यक्षहरु सीता कसौधन, निशा कसौधन, महिला समितिकी अध्यक्ष आशा कसौधन, महासचिव पुनम कसौधन, युवा…
Read More
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालले दीर्घसेवा कर्मचारी तथा पुर्व कर्मचारीहरुलाई सम्मान तथा अस्पतालको बच्चा वार्ड (क्याविन भवन) को उद्घाटन लगायतका कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्दै आम्दाको स्वास्थ्य सेवालाई थप ब्यवस्थित र गुणस्तरीय बनाउनु पर्ने कुरामा जोड दिनुभयो । उहाँले स्वास्थ्य सेवा संवेदनशिल विषय भएको उल्लेख गर्दै बालबालिका तथा महिलाहरुको विशेषज्ञ सेवालाई महत्व दिएर स्थापना भएको आम्दाको विकास र थप गुणस्तरकालागि पालिकाले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । उहाँले अस्पतालको…
Read More
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷कुहिरो लागेको थियो । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आइतबार बिहान बाँकेको नेपालगन्ज, दाङको घोराही, रुपन्देहीको भैरहवा र आसपासका क्षेत्रमा हुस्सु÷कुहिरो लागेको थियो । काठमाण्डौ उपत्यका तथा बाराको सिमरा र आसपासका क्षेत्रमा पनि हुस्सु÷कुहिरो फैलिएको छ । आइतबार बिहानको हुस्सु÷कुहिरो घाम लागेसँगै दिउँसोपछि हट्दै जाने मौसमविद्ले बताएका छन् । साथै पहाडी र हिमाली धेरै ठाउँमा आइतबार बिहानैदेखि घाम लागेको छ ।शनिबार बेलुकादेखि ‘अर्नब’ चक्रवातको प्रभाव हटेसँगै मौसममा क्रमिक सुधार हुन थालेको हो । आइतबारराति मकवानपुरको रजैया मौसम मापन केन्द्रमा सबै…
Read More
एनपीएल भैरहेको काठमाण्डौको कीर्तिपुर रङ्गशाला जलमग्न

एनपीएल भैरहेको काठमाण्डौको कीर्तिपुर रङ्गशाला जलमग्न

काठमाण्डौ । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) भैरहेको काठमाण्डौको कीर्तिपुर रङ्गशाला जलमग्न भएको छ । मैदान र आसपासको क्षेत्र पानीले भरिएको छ । त्रिवि मैदानलाई त्रिपालले छोपिए पनि पानी त्रिपालभित्रै छिरेको छ ।एनपीएलमा आज शनिबार २ वटा खेल हुने तालिका छ । तर वर्षाका कारण यी खेल हुने सम्भावना निकै कम छ । अस्तिको खेल सकिएपछि मैदानलाई कभरले ढाकिएको हो । पानी पर्ने क्रम अहिले बिहानसम्म पनि रोकिएको छैन । मौसमविद्काअनुसार दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ । तालिकाअनुसार आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा बेलुका ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच…
Read More
प्रधानमन्त्री कार्यालयको चासोपछि पत्रकारलाई बोलाइएको हो : प्रहरी

प्रधानमन्त्री कार्यालयको चासोपछि पत्रकारलाई बोलाइएको हो : प्रहरी

काठमाण्डौ ।प्रहरीविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गलत समाचार तथा सन्देश प्रवाह भएको विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएपछि पत्रकारलाई साइबर ब्युरोमा बोलाएको प्रहरीले स्पष्टीकरण दिएको छ । प्रहरी प्रवक्ताको ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक गरिएको वक्तव्यमा समाचारको विषयमा प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जाने विषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीलाई साइबर ब्युरोमा बोलाइएको उल्लेख छ । सही मनसायले नै त्यसरी सञ्चारकर्मीलाई बोलाइएको प्रहरीको दाबी छ । समाचारको विषयमा पत्रकारमाथि हिजो भएको धरपकडको घटनामा प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य भने बाझिएको छ । प्रधानमन्त्रीको सचिवालयले यसमा प्रधानमन्त्री कार्यालयको संलग्नता र पूर्वजानकारी…
Read More

पत्रकारमाथि भएको धरपकडलाई लिएर सर्वत्र विरोध

काठमाण्डौ । प्रहरीले समाचारको विषयलाई लिएर हिजो विभिन्न सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गरेको छ । पत्रकारमाथि भएको धरपकडलाई लिएर सत्तारूढ रास्वपासहित विभिन्न राजनीतिक दल, पत्रकार सम्बद्ध संघसंस्था र नागरिक समाजले विरोध गरेका छन् । प्रहरीले पत्रकारमाथि हिजो गरेको गतिविधि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि सञ्चारमाध्यममाथि गरेको नियन्त्रणलाई सम्झाउने किसिमको भएको धेरैको टिप्पणी छ ।सबैतिरबाट विरोध भएपछि पक्राउ परेका सबै पत्रकारलाई सोधपुछ गरेर हिजै छाडिएको छ । केही पत्रकारलाई प्रहरीको साइबर ब्यूरोमा बोलाइएको थियो । पत्रकारलाई समाचारको आधार, तथ्य, प्रमाण र स्रोतबारे सोधिएको थियो । केही दिनअघिदेखि बिचौलिया इनम सापकोटासँग प्रहरी प्रमुखदेखि प्रधानन्यायाधीश, न्यायाधीश, सांसदसम्मको…
Read More
सिद्धार्थनगरद्वारा प्लाष्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह

सिद्धार्थनगरद्वारा प्लाष्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह

सिद्धार्थनगर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चाडपर्वका बेला प्लाष्टिकजन्य कृत्रिम फूल तथा माला प्रयोग नगर्न नगरबासीलाई अपील गरेको छ । नगरप्रमुख इश्तियाक अहमद खाँद्वारा जारी अपीलमा चाडपर्वका अवसरमा घर, कार्यालय तथा पूजाआजामा प्रयोग गरिने प्लाष्टिकका फूल तथा मालाले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ । त्यसैले यस्ता सामग्रीको प्रयोग निरुत्साहित गर्न आवश्यक रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्वच्छ, हरित तथा वातावरणमैत्री नगर निर्माण अभियानमा सहयोग पु¥याउन स्थानीय कृषक तथा उत्पादकले उत्पादन गरेका प्राकृतिक फूल र माला प्रयोग गर्न सबै नगरबासीलाई आग्रह गरेको छ । प्राकृतिक फूल तथा मालाको प्रयोगले वातावरण संरक्षणमा…
Read More
आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने

आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने

काठमाण्डौ । बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभावले अहिले पनि देशका धेरै ठाउँमा पानी परेको छ । उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको छ । धेरै ठाउँमा अस्ति बिहीबार बेलुकीदेखि नै लगातार झरी परिरहेको हो । अहिले पूर्वमा भन्दा मध्य र पश्चिमी भेगमा पानी पर्ने क्रम बढेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा, सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।पछिल्लो ६ घण्टामा मनाङको तालमा सबैभन्दा धेरै ७४ मिलिमिटर पानी परेको छ । अहिलेसम्म ठूलो बाढी आउने गरी कतै पानी नपरे पनि केही नदी खोलाहरुमा…
Read More