२०८३ भाद्र ८
२०८३ भाद्र ८
काठमाण्डौ, ८ भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बलात्कार तथा यौन हिंसाका पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अरु सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ । मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत पीडितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको हो । यौन हिंसाका घटनामा पीडितको पहिचान सार्वजनिक गर्नु संवेदनशील र गम्भीर गैरकानुनी विषय भएको उहाँको भनाइ छ । विशेषगरी यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने भन्दै उहाँले समाचार तथा अरु सामग्री सम्प्रेषण गर्दा पीडितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न…
