Skip to main content

Batauli News

Advertisement

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

Advertisement

बटौली न्यूज

काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो ।नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ ।

सन् १९५० मा भारतीय सेनाध्यक्ष के एम करियप्पालाई नेपालले र सन् १९६९ मा नेपाली सेनापति सुरेन्द्रबहादुर शाहलाई भारतले मानार्थ महारथी दिएपछि याे परम्परा निरन्तर चल्दै आएको हाे ।

सन् १९५० मा भारतीय सेनाध्यक्ष के एम करियप्पालाई नेपालले र सन् १९६९ मा नेपाली सेनापति सुरेन्द्रबहादुर शाहलाई भारतले मानार्थ महारथी दिएपछि याे परम्परा निरन्तर चल्दै आएको हाे । अहिलेसम्म भारतका २४ र नेपालका २१ सेनापतिले यो सम्मान पाइसकेका छन् । सेनाध्यक्ष सेठ ३ दिने औपचारिक भ्रमणका लागि हिजो दिउँसो नेपाल आइपुग्नुभएको हो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने उहाँ सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ । रक्षामन्त्रीको समेत हैसियतमा रहनुभएका प्रधानमन्त्री शाहसँग उहाँले भेटवार्ता गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?