२०८३ भाद्र १
२०८३ भाद्र १
काठमाण्डाै । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको हो ।यस पटक गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किन्ने उपभोक्ता १० लाख रुपैयाँको बम्पर उपहारका विजेता बनेका छन् । साउनको १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन् । १६ दिनका १–१ जना गरी १६ जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका छन् । यो १६ दिनमा नगद कारोबारका ३ लाख ५७ हजार १४९ वटा बिल…
