Skip to main content

Batauli News

Advertisement
झबिन्द्र देवकोटा

झबिन्द्र देवकोटा

45 Posts
यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन अघिदेखि नै तीजको रमझम सुरु हुन्थियो । बजारमा एकपछि अर्का तीजका गितहरु सार्वजनिक हुन्थिए । कलाकारहरुले तीजका भाकामा दोहोरी गित बजारमा ल्याउने गर्दथिए । रेडियो, टिभी, युट्युव, फेसबुक टिकटक जस्ता सामाजिक सञ्चालमा पनि तीजका भाका धेरैभन्दाधेरै हेर्न र सुन्न पाइन्थियो । विभिन्न ठाउँमा तीज विशेष कार्यक्रम हुने गर्दथे । विभिन्न संघ संस्था समुहहरुले दर खाने कार्यक्रम आयोजना गर्दथे । साधारण होटल, पार्टी प्यालेसदेखि ५ तारे होटलसम्म तीजका कार्यक्रमले बुक हुने गरेका थिए । यो वर्षको तीजमा त्यस्तो…
Read More
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आज विज्ञप्ति निकालेर चलचित्र ‘तिनीहरू’ लाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरेको जानकारी दिएको हो ।समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नुभएको विज्ञप्तिअनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट २ वटा नेपाली कथानक चलचित्र ‘तिनीहरू’ र ‘गौँथली’ प्राप्त भएका थिए । यी २ मध्ये एकेडेमीको मापदण्डअनुरूप उत्कृष्ट चलचित्र छनोट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको हो । चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक…
Read More
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ ।जल तथा ऊर्जा आयोगअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनअनुसार माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा गएको ’आइस–रक एभलान्स’ अर्थात् हिमपहिरोका कारण बाढी आएको हो । भयानक हिमपहिरो खस्दा ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जासमेत रेकर्ड गरिएको थियो । प्रतिवेदनका अनुसार यो बाढी रसुवागढीसम्म प्रतिघण्टा ८८ किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो । तीव्र वेगको बाढीले पूर्वसूचनाका लागि समय नै नदिई नदी किनारमा रहेका रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र मलेखुका महत्त्वपूर्ण जलमापन…
Read More
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनस्र्थापनाका लागि सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँ आर्थिक सहयोग गरेको छ । २५ वर्षदेखि बुटवलमा रहेर बिरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको लुम्बिनी प्रदेशकै अग्रणी मल्टी–स्पेसियालिटी स्वास्थ्य संस्था बुटवल हस्पिटलले सहयोग गर्दै विपदको वेला प्रभावित नागरिकहरुसंगै रहेको बताएको छ । अस्पतालका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलद्वारा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा अस्पतालका संचालक एव जनप्रतिनिधि नरिश्वर शर्मा को पनि उपस्थिति रहेको थियो । प्रभावित नागरिकहरुको उद्धार,…
Read More
स्त्रीरोग तथा हाडजोर्नीको उचारकालागि आरती हेल्थ क्लिनिक बुटवलमा संचालन

स्त्रीरोग तथा हाडजोर्नीको उचारकालागि आरती हेल्थ क्लिनिक बुटवलमा संचालन

बुटवल, २८ भदौ । बुटवलको अस्पताल लाईन मैत्रीपथमा आरती हेल्थ क्लिनिक संचालनमा आएको छ । विशेष गरी स्त्रीरोग तथा हाडजोर्नीको गुणस्तरीय उपचारकालागि संचालनमा आएको क्लिनीकको आइतबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो । लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्री रामजी घिमिरेले उद्घाटन गर्नुभयो । क्लिनीको उद्घाटन गर्दै मन्त्रीले जस्तो सुकै अवस्था भएका विरामीलाई सर्व सुलभ उपचार सेवा उपलब्ध गराउने कुरामा आरती क्लिनीक उदाहरणीय बन्नु पर्ने सुझाव दिनुभयो । उहाँले मेडिकल क्षेत्रमा उच्च शिक्षा हासिल गरेर महिला बाहिरै पढ्न जानु गर्दछ भन्ने मान्यतालाई क्लिनिक संचालक आरतीले ब्रेकथु्र गरेको उल्लेख गर्दै अध्ययन पुरा गरेका युवाले नेपाललाई नै आफ्नो रोजगारीको गन्तब्य बनाउनु पर्ने बताउनुभयो…
Read More
प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रूपियाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रूपियाँ मौज्दात छ । यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ । यसअघि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका…
Read More
रसुवा भोटेकोशी बाढीको १५औँ दिन: एक हजार ३६७ शव फेला, ५ हजारबढी बेपत्ता

रसुवा भोटेकोशी बाढीको १५औँ दिन: एक हजार ३६७ शव फेला, ५ हजारबढी बेपत्ता

काठमाण्डौ, २४ भदौ । रसुवाको भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीको बुधबार १५औँ दिन भएको छ । अहिलेसम्म १ हजार ३६७ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।अहिलेसम्म रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ वटा शव भेटिएको छ । यस्तै उपचारका क्रममा काठमाण्डौमा २ जनाको ज्यान गएको छ । भेटिएको शवमध्ये १०२ वटा सनाखतपछि आफन्तलाई बुझाइएको छ ।प्राधिकरणका अनुसार अहिलेसम्म १३ हजार ६४६ जनाको उद्धार भएको छ । उद्धार गरिएकामध्ये ३ हजार ६२८ जनाले रसुवा, नुवाकोट र धादिङका…
Read More
रुख चिह्न र चार तारे झण्डा अदालतले हामीलाई दिन्छ : देउवा

रुख चिह्न र चार तारे झण्डा अदालतले हामीलाई दिन्छ : देउवा

काठमाण्डौ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफूहरूलाई आधिकारिकता दिनेमा विश्वास रहेको बताउनुभयो । विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पुनरवलोकन अनुमति पाएको उल्लेख गरेका देउवाले भन्नुभयोे, ‘रूख चिह्न र चार तारे झण्डा अदालतले हामीलाई दिनेछ भन्ने विश्वास छ ।’ बिपी जयन्तीका अवसरमा भक्तपुरमा आज भएको कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशन गर्ने व्यवस्था विधानमै रहेको बताउनुभयो । तर गगन थापाले महाधिवेशन प्रतिनिधि कुन–कुन क्षेत्रका हुन् भन्ने सनाखत नै नगरी विशेष महाधिवेशन गरेको उहाँको भनाइ छ। ‘विशेष महाधिवेशन गर्न पाइन्छ, विधानमा यो व्यवस्था छ, सुवर्ण शम्शेरको पालामा पनि विशेष अधिवेशन भएको थियो,’ उहाले भन्नुभयो, ‘तर गगन थापाले कुन क्षेत्रबाट…
Read More
सुलभ फार्मेसीको मुद्धाको छलफल अब प्रधानन्त्री कार्यालयमा हुने

सुलभ फार्मेसीको मुद्धाको छलफल अब प्रधानन्त्री कार्यालयमा हुने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासीलाई सर्वशुलभ दर रेटमा सुुलभ फार्मेसी मार्फत औषधि उपलब्ध गराउने कार्यमा जस्तो सुकै लडाई लडन पनि तयार रहेको बताएको छ । सुुलभ फार्मेसीलाई असफल गराउन नियोजित रुपमा केही षणयन्त्रहरु भएको भन्दै त्यसको जस्तो सुकै परिस्थितिमा सामना गर्ने पालिकाले जनाएको छ । तिलोत्तमा वडानम्बर–६ का वडाध्यक्ष गणेश पाठकले फेशवुक मार्फत स्टाटस लेख्दै सुलभ फार्मेसीलाई निरन्तर र ब्यवस्थित रुपमा संचालनकालागि जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताउनुभएको छ । उहाँले फेशबुकमा लेख्नु भएको छ, ‘‘सुलभ फार्मेसीका विरुद्ध लाग्नेहरुको सप्रमाण औषधी ब्यवस्था विभागमा कुरा राखेका छौ । औषधी ऐन विपरित कार्य गर्नेहरुलाई कानुन अनुसारको कारवाही गर्न भोली भदौ…
Read More
भदौ २३ र २४ जस्तो दिन अव फेरी आउनु हुँदैन :  रवि लामिछाने

भदौ २३ र २४ जस्तो दिन अव फेरी आउनु हुँदैन : रवि लामिछाने

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनुभएको छ । सभापति लामिछानेले आज प्रेस विज्ञप्ति निकालेर नवयुवा आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको बताउनुभएको छ ।‘हिजो सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ’, विज्ञप्तिमा उल्लेख छ । सभापति लामिछानेले ठीक एक वर्षअघि आजकै दिन नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको स्मरण गराउनुभएको छ ।‘वर्षौँदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको…
Read More