Skip to main content

Batauli News

Advertisement

Day: २०८३ आश्विन ४

उद्धार तथा राहतलाई प्रभावकारी बनाउन रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

उद्धार तथा राहतलाई प्रभावकारी बनाउन रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ, ४ असोज । भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई आग्रह गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले खोज, उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको हो । बैठकमा सरकारका प्रतिनिधिले बाढीपछिको अवस्था र भइरहेका कामबारे ब्रिफिङ गरेका थिए । प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले पहिचान हुन नसकेका शवको शीघ्र डीएनए परीक्षण गरी पीडित परिवारलाई राहत उपलब्ध गराउन जोड दिएको छ । साथै बेपत्ता नागरिकको अवस्था तत्काल यकिन गर्न र आवश्यक परे कानूनी व्यवस्था मिलाएर भए पनि सहजीकरण गर्न रास्वपाले आग्रह गरेको छ…
Read More
बाढीबाट ज्यान गुमाउनेको संख्या १ हजार ४३६ पुग्यो

बाढीबाट ज्यान गुमाउनेको संख्या १ हजार ४३६ पुग्यो

काठमाण्डौ, ४ असोज । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४३६ पुगेको छ । नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीबाट ती शवहरू निकालिएका हुन् । फेला परेकामध्ये डीएनए नमूना लिएर १ हजार २९२ शवको व्यवस्थापन गरिएको छ । पहिचान नभएका शवको विवरण प्रहरीको वेबसाइटमा राखिएको छ । यसैबीच रसुवाको त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट निकालेका २४ जनाको शव नुवाकोट ल्याएको प्रहरीले जनाएको छ । सेनाको हेलिकप्टरमार्फत विदुर नगरपालिका–६ मा रहेको खम्बा क्याम्पमा ल्याइएका ती शवको अझै पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवम् प्रहरी नायब…
Read More
नया प्रणालीबाट लाइसेन्स छपाइको काम

नया प्रणालीबाट लाइसेन्स छपाइको काम

काठमाण्डौ । सरकारले साउन १ देखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत गाडी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम शुरू गरेको छ । पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम शुरू गरेको मन्त्री लम्सालले बताउनुभयो । यो प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउने…
Read More
असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीको पूर्वी भूभाग अर्थात् उत्तर अन्डमान सागर र आसपास विकसित भएको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम तथ्याङ्क, मौसम नमुना तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणअनुसार उक्त प्रणाली असोज ७ गते आसपास न्यून चापीय क्षेत्रका रूपमा थप शक्तिशाली भई दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकबाट जमिनतर्फ प्रवेश गर्ने सम्भावना रहेको छ । यस्तै असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने प्रक्षेपण सार्वजनिक भएको छ । मौसमविद विनोद पोखरेलले मौसम पूर्वानुमानका विभिन्न मोडलहरू अध्ययन पश्चात पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै भारी आगामी बिहीबारदेखि सोमबारसम्म भारी वर्षा…
Read More