Skip to main content

Batauli News

Advertisement
बटौलीन्यूज

बटौलीन्यूज

28 Posts

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत

दाङ, १ भदौ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको छ । मुख्यमन्त्री आचार्यलाई नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गर्नुभयो ।  प्रदेशसभा बैठकमा आठ जना सांसद अनुपस्थित रहनुभयो । हाजिरी अभिलेखअनुसार…
Read More

बागमतीका मुख्यमन्त्री बानियाँकाे राजीनामा

काठमाण्डाै – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिनुभएको छ । आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । नेकपा एमालेले सरकारलाई दिएको समर्थन साउन ६ गते फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन खोज्नुभएको थियो । तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखेपछि उहाँले राजीनामा दिनुभएको हो । १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान…
Read More

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाण्डाै । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो ।नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ । सन् १९५० मा भारतीय सेनाध्यक्ष के एम करियप्पालाई नेपालले र सन् १९६९ मा नेपाली सेनापति सुरेन्द्रबहादुर शाहलाई भारतले मानार्थ महारथी दिएपछि याे परम्परा निरन्तर चल्दै आएको हाे । सन् १९५० मा भारतीय सेनाध्यक्ष के एम करियप्पालाई नेपालले र सन् १९६९ मा नेपाली…
Read More

संसद्मा प्रधानमन्त्रीलाई रुलिङ

काठमाडौँ,  १ भदौ  । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्नुभएको छ । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोध गर्दै आउनुभएको थियो ।  सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० ब मोजिम प्रतिनिधिसभाका सदस्यको जवाफ दिनको लागि प्रधानमन्त्रीलाई आजको बैठकमा निर्देश गर्नुभएको हो । यसअघिजस्तै आजको बैठकमा पनि विपक्षी सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो । विपक्षी सांसदहरुले विरोध जनाएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६ अनुसार ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि प्रत्येक…
Read More
विद्युत् प्राधिकरणकाे नाफा ५८ प्रतिशतभन्दा धेरैले घट्याे

विद्युत् प्राधिकरणकाे नाफा ५८ प्रतिशतभन्दा धेरैले घट्याे

  काठमाण्डाै । आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतभन्दा धेरैले घटेको छ । प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा झरेको जानकारी दिनुभयो ।यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५८.६० प्रतिशतले कम हो । आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा १२ अर्ब १७ करोड रुपैयाँ थियो । पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफा निरन्तर घट्दै गएको देखिएको छ । २०८०/८१ मा प्राधिकरणले १३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको थियो ।प्राधिकरणको अतिरिक्त दायित्व बढेको र विदेशी विनिमयदरमा आएको उतारचढावलगायत कारण नाफा घटेको प्राधिकरणको भनाइ छ । त्यस्तै घरायसी प्रयोजनका लागि गार्हस्थ…
Read More
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।…
Read More
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

गत आर्थिक वर्ष २०८२/८३ मा स्याङ्जाका विभिन्न बजार क्षेत्रमा सञ्चालन गरिएका १७६ वटा व्यवसायको बजार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले वर्षभर गरेको अनुगमनका क्रममा उपभोक्ता हितविपरीत गतिविधि गर्ने व्यवसायीबाट ९० हजार रुपैयाँ जरिवाना असुल गर्नुका साथै म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीसमेत जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका, अर्जुनचौपारी, आँधीखोला, फेदीखोला, कालीगण्डकी गाउँपालिकालगायतका स्थानीय तहमा किराना पसल, होटल, रेष्टुरेन्ट, मेडिकल, हार्डवेयर, कस्मेटिक, खाजाघर, मासु पसल, पेट्रोल पम्प, ग्यास उद्योग तथा डेरीलगायत व्यवसायमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा म्याद नाघेका तथा बिक्रीका लागि अयोग्य सामग्री जफत गरिएको छ । तथ्यांकअनुसार…
Read More
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त

विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त

फिफा विश्वकपको उपाधिका लागि दुई फुटबल महारथी स्पेन र अर्जेन्टिना भिड्ने पक्का भएको छ। न्युयोर्क न्यु जर्सी स्टेडियममा हुने बहुप्रतिक्षित फाइनल खेल नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे सुरु हुनेछ। विश्वकप सुरु हुनुअघि नै उपाधिको दाबेदार मानिएका यी दुई टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्। स्पेनले बुधबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो भने अर्जेन्टिना बिहीबार इंग्ल्याण्डलाई २-१ ले हराउँदै उपाधि रक्षाको नजिक पुगेको हो । मेसी र यमल: २० वर्षपछिको संयोग यो फाइनल खेल फुटबल इतिहासमै एक ऐतिहासिक मोड बन्ने देखिएको छ। अर्जेन्टिनी लेजेन्ड लियोनल…
Read More