Skip to main content

Batauli News

Advertisement

विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त

Advertisement

बटौली न्यूज

फिफा विश्वकपको उपाधिका लागि दुई फुटबल महारथी स्पेन र अर्जेन्टिना भिड्ने पक्का भएको छ।

न्युयोर्क न्यु जर्सी स्टेडियममा हुने बहुप्रतिक्षित फाइनल खेल नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे सुरु हुनेछ।

विश्वकप सुरु हुनुअघि नै उपाधिको दाबेदार मानिएका यी दुई टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

स्पेनले बुधबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो भने अर्जेन्टिना बिहीबार इंग्ल्याण्डलाई २-१ ले हराउँदै उपाधि रक्षाको नजिक पुगेको हो ।

मेसी र यमल: २० वर्षपछिको संयोग

यो फाइनल खेल फुटबल इतिहासमै एक ऐतिहासिक मोड बन्ने देखिएको छ। अर्जेन्टिनी लेजेन्ड लियोनल मेसी र स्पेनका युवा सनसनी लामिन यमल पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा आमने-सामने हुँदैछन्।

रोचक कुरा के छ भने, झन्डै २० वर्षअघि एउटा च्यारिटी कार्यक्रमका लागि खिचिएको तस्बिरमा युवा मेसीले बच्चा रहेका यमललाई नुहाइदिइरहेको तस्बिर केही पहिले भाइरल बनेको थियो ।

उक्त तस्बिर वर्षौंसम्म गुमनाम थियो। तर सन् २०२४ को युरो कपका दौरान लामिन यमलका बुबाले सामाजिक सञ्जालमा ‘दुई लिजेन्डको सुरुवात’ भन्दै यो फोटो सेयर गरेपछि यसले विश्वभर चर्चा पाएको थियो । उक्त फोटो सन् २००७ को डिसेम्बरमा स्पेनको बार्सिलोनास्थित ‘क्याम्प नोउ’ रंगशालाको ड्रेसिङ रुममा खिचिएको थियो ।

अहिले त्यही बच्चा र फुटबलका महान् खेलाडी मेसी विश्वकपको उपाधिका लागि एक-अर्काविरुद्ध मैदानमा उत्रिनेछन्।

फाइनलसम्मको यात्रा

पहिलो खेलमा केप भर्डसँग बराबरी खेले पनि स्पेनले त्यसपछिका ६ वटै खेल जितेको छ। नकआउट चरणमा अस्ट्रिया (३-०), पोर्चुगल (१-०), र बेल्जियम (२-१) लाई हराउँदै स्पेनले फाइनलमा स्थान बनाएको हो। स्पेनको बलियो पक्ष उसको डिफेन्स देखिएको छ, जसले पुरै प्रतियोगितामा मात्र एक गोल खाएको छ।

यता डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अहिलेसम्म शतप्रतिशत नतिजा निकालेको छ। यद्यपि, नकआउट चरणमा उसको यात्रा निकै कठिन रह्यो। केप भर्ड, इजिप्ट र स्विजरल्याण्ड विरुद्धका खेलहरू अर्जेन्टिनाले अतिरिक्त समयमा मात्र जित्न सकेको थियो। सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराएर उसले पुनः फाइनलको टिकट काटेको हो।

अर्जेन्टिनाका लागि मेसीले आफ्नो छैटौँ विश्वकपमा कीर्तिमानको वर्षा गरिरहेका छन्। उनले यस प्रतियोगितामा अहिलेसम्म सर्वाधिक ८ गोल गरिसकेका छन्। यससँगै विश्वकप इतिहासमा उनको कुल गोल संख्या २१ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।

यसैगरी स्पेनका लागि लामिन यमल आक्रमणका मुख्य हतियार हुन्। फ्रान्सविरुद्धको सेमिफाइनलमा उनको प्रदर्शनको विश्वभर चर्चा भइरहेको छ। उनी हालै ह्यामस्ट्रिङको चोटबाट मुक्त भएर विश्वकप खेल्न सकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खबर

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷...

यो पनि पढौँ

छुटाउनुभयो कि?