Skip to main content

Batauli News

Advertisement

चीनमा ‘रोबोकप’ लाई ट्राफिक ड्युटी

Advertisement

बटौली न्यूज

चीन, ९ भदौ । पूर्वी चिनियाँ शहर हाङझाउको व्यस्त चोकमा ‘रोबोकप’ लाई ट्राफिक ड्युटीमा खटाइएको छ । ६ फिट २ इन्च अग्लो ९८ किलोग्रामको ‘टी–२’ रोबोट स्थानीय प्रविधि कम्पनी ‘सुपकन इन्फर्मेशन’ ले विकास गरेको हो । यो रोबोट ट्राफिक व्यवस्थापनसम्बन्धी प्रहरीका केही अत्यन्त दोहोरिरहने प्रकृतिका कामहरू मेशिनलाई सुम्पने उद्देश्यले सञ्चालित एक परीक्षण परियोजनाको हिस्सा रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।कम्पनीको ‘इन्टेलिजेन्ट अनम्यान्ड सिस्टम्स इनोभेशन सेन्टर’ का प्रमुख काओ हुईका अनुसार ‘रोबोकप’ ले हेलमेट नलगाएका चालक, यात्रु बोकेका विद्युतीय–बाइक, तोकिएको रेखाभन्दा अगाडि गएर रोकिने गाडी र ट्राफिक सङ्केतको उल्लङ्घन गर्दै बाटो काट्ने पैदलयात्रीहरूको पहिचान गर्न क्यामेरा, राडार र आन्तरिक कम्प्युटिङ प्रणालीको प्रयोग गर्दछ ।यी रोबोटहरूले बाटो, पार्किङ र ट्राफिक नियमसम्बन्धी प्रश्नहरूको जवाफ दिनुका साथै आपत्कालीन सुविधामार्फत प्रयोगकर्ताहरूलाई स्थानीय प्रहरीसँग जोड्न पनि सक्ने खबरमा उल्लेख छ ।
‘सुपकन’ ले गएको मे महिनादेखि हाङझाउमा १५ वटा रोबोट परिचालन गरेको छ । कम्पनीका अनुसार तिनले १ लाख ७० हजारभन्दा धेरै चेतावनी जारी गरेका छन् र हेलमेटविना गाडी चलाउने तथा रोकिने रेखा पार गर्ने घटनाहरूलाई मासिक रूपमा ४० प्रतिशतभन्दा धेरैले घटाउन मद्दत गरेका छन् ।कम्पनीले पर्यटकीय क्षेत्र, विद्यालय क्षेत्र, व्यापारिक क्षेत्र, अत्यधिक ट्राफिक र प्रतिकूल मौसममा यी रोबोटको हजारौँ घण्टासम्म परीक्षण गरेको छ ।क्यामेरा र राडारहरू अझै पनि चर्को घाम, वर्षा र अत्यधिक तापक्रमबाट प्रभावित हुन सक्छन्, यद्यपि ‘सुपकन’ का अनुसार नियम उल्लङ्घन पहिचान गर्ने यसको सटीकता ९५ प्रतिशतभन्दा धेरै छ ।‘सुपकन’ का अनुसार चीनका ३ वटा प्रान्तका ८ वटा शहरमा झन्डै यस्ता ५० वटा रोबोट सञ्चालनमा छन् र कम्पनीले वर्षको अन्त्यसम्ममा यो सङ्ख्या २०० को हाराहारीमा पुग्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

बुटवल भाटभटेनीमा टीभीएसको अचम्मैको महाएक्सचेन्ज मेला

बुटवल । बुटवलको भाटभटेनीमा टीभिएस मोटरसाईकलको अचम्मैको महाएक्सचेन्ज मेला लागेको छ । विशेष गरि हिन्दुहरुका महानपर्वहरु दशै, तिहार र...
कसौधन समितिमा दीपावली तथा छठको शुभकामना आदानप्रदान, नवनिर्मित भवनको उद्घाटन

बुटवल। कसौधन समुदायका सदस्यहरूले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन्। कसौधन सेवा समिति, महिला समि...
आम्दा अस्पतालको २८ औं वार्षिकोत्सव : बच्चा वार्ड क्याविन भवनको उद्घाटन

बुटवल । आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले आफ्नो २८ औं वार्षिकोत्सव सोमबार एक कार्यक्रमका विच मनाएको छ । अस्पतालल...
मौसममा क्रमिक सुधार हुदैँ, अब धान काट्न सकिने

काठमाण्डौ, १५ कार्तिक । मौसममा क्रमिक सुधार हुन थालेको छ । आइतबार बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु÷...

यो पनि पढौँ

छुटाउनुभयो कि?