Skip to main content

Batauli News

Advertisement

कांग्रेसको विवाद फेरि सर्वोच्च अदालतमा

Advertisement

बटौली न्यूज

काठमाण्डाै । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद फेरि सर्वोच्च अदालत पुगेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले १५औँ महाधिवेशनकाे सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूरक निवेदनमाथि पर्सि बिहीवार भदौ ११ गतेका लागि पेशी तोकिएको छ ।देउवा र खड्का पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले यसअघि सदर गरेको विषयलाई पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएको थियो ।

सर्वोच्चले यो पुनरावलोकन निवेदनमा निस्सा दिएपछि अब विवाद पुनः सुनुवाइको प्रक्रियामा प्रवेश गरेको छ । यही अवस्थालाई आधार बनाएर देउवा–खड्का पक्षले आधिकारिकताको विवाद टुङ्गो नलागे सम्म नयाँ महाधिवेशनको प्रक्रिया अघि बढाउँदा थप कानूनी जटिलता उत्पन्न हुने दाबी गरेको छ । उवा पक्षका नेताहरूले सर्वोच्चबाट पुनरावलोकनको अनुमति प्राप्त भइसकेपछि यसअघि भएको फैसला अन्तिम नरहेको तर्क गरेका छन् । त्यसैले अदालतबाट आधिकारिकताको विवाद टुङ्गो नलाग्दासम्म दीर्घकालीन महत्त्वका निर्णय तथा महाधिवेशनजस्तो महत्त्वपूर्ण राजनीतिक प्रक्रिया अघि बढाउन नहुने उनीहरूको भनाइ छ ।

यसअघि देउवा–खड्का पक्षले सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्ने भन्दै विभिन्न कानूनी आधारसहित निवेदन दिएका थिए । उनीहरूले विशेष महाधिवेशन बोलाउने प्रक्रिया, प्रतिनिधिहरूको हस्ताक्षर, निर्वाचन आयोगको निर्णय तथा पार्टी विधानको व्याख्यासहितका विषयमा प्रश्न उठाएका छन् ।देउवा–खड्का पक्षले महाधिवेशन रोक्न अदालतको ढोका ढकढक्याइरहँदा कांग्रेसको संस्थापन पक्ष भने निर्धारित समयमै १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारीमा अघि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

यसवर्षको हरितालिका तीज सोमबार: रमझम बिनाको तीज

बुटवल, २८ भदौ । महिलाहरुको महान पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाका दिन पर्ने गर्दछ । विगतबा वर्षहरुमा तीज सुरु हुनु महिना दिन...
ओस्कारमा ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने

काठमाण्डौ, २८ भदौ । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स ...
भोटेकोशी बाढी हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक

काठमाण्डौ, २८ भदौ । सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खस...
बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितलाई सातलाख ७७ हजार सहयोग

बुटवल, २८ भदौ । बुटवल हस्पिटल प्रालि परिवारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा...

यो पनि पढौँ

छुटाउनुभयो कि?